site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भक्तपुरमा किशोरीको बलात्कार आरोपमा युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । भक्तपुरमा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुरको कमलविनायकमा बस्दै आएका ओखलढुंगाको चम्पादेवी गाउँपालिका–२ का २६ वर्षीय टेकबहादुर माझी छन् ।

१६ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । शुक्रबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

माझीले ती किशोरीको बलात्कार गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro