site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हुम्लामा हिउँले ढाकियो सवारीसाधन
तस्बिरहरू : दाने बोहरा/रासस ।

काठमाडौं । हुम्लामा यो वर्ष तेस्रोपटक हिमपात भएको छ । शुक्रबार रातिदेखि हिमपात भएको हो ।

शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इन्च हिउँ जमेको राससले जनाएको छ । उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ ।

राससका अनुसार, चिसो बढेसँगै सिमकोटसहित नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित भएको छ । हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घरबाहिर निस्कन नसकेको बताइएको छ । 

अन्तरजिल्ला जोड्ने एक मात्र हवाई सेवा अवरुद्ध भएको छ । हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।

सदरमुकाम सिमकोट बजार क्षेत्रको सडकमा सवारीसाधन हिउँले ढाकिएका देखिएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले शुक्रबार बेलुकादेखि देशका धेरै स्थानमा बदली (आकाशमा बादल), वर्षा र हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

थप तस्बिर हेर्नोस्–

humla-himpat4-1735374866.jpg

humla-himpat3-1735374865.jpg

humla-himpat2-1735374865.jpg

 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  १४:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro