site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
म्यासेडोनिया पठाइदिन्छु भन्दै ठगी गर्ने राई पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । खोटाङ केपिलासगढी गाउँपालिका–७ घर भई काठमाडौं महानगरपालिका–४ चण्डोल बस्ने २८ वर्षीय चिना कोयी राईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  

राईले म्यासेडोनिया पठाइदिन्छु भन्दै दुईजना पीडितहरूबाट १२ लाख ९१ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं चण्डोलबाट पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro