site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस, जुम्लामा –६ (सूचीसहित)
फाइल तस्बिर ।

काठमाडौं । देशभरको तापक्रम पुनः घट्न थालेको छ । यो वर्षको हिउँदयाम सुरु भएयता तापक्रम घट्न थालेको थियोे । बीचमा केही दिन तापक्रम थोरै बढेको थियो ।

शुक्रबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोही समयमा बिहीबार (हिजो) काठमाडौंको न्यूनतम तापक्रम ४.१ डिग्री सेल्सियस थियो । बुधबार (अस्ति) काठमाडौंको न्यूनतम तापक्रम ४.४ डिग्री सेल्सियस थियो ।

काठमाडौंमा यो वर्ष आजसम्मको कम तापक्रम भने गएको मंसिर २९ गते २.० डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ । काठमाडौंमा हालसम्मकै न्यून तापक्रम सन् १९७८ मा मापन गरिएको थियो । १९७८ जनवरी ११ मा काठमाडौंको न्यूनतम तापक्रम –३.५ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।

महाशाखाले शुक्रबार बिहान सार्वजनिक गरेको १६ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –६.० डिग्री सेल्सियस छ । बिहीबार जुम्लाको न्यूनतम तापक्रम –५.८ डिग्री सेल्सियस थियो । बुधबार जुम्लाको न्यूनतम तापक्रम –५.१ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

शुक्रबार वीरेन्द्रनगरको न्यूनतम तापक्रम ४.५, ताप्लेजुङको ४.७, डडेलधुराको ५.१, दिपायलको ६.२, ओखलढुंगाको ६.६, धनकुटाको ७.०, घोराहीको न्यूनतम तापक्रम ७.२ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाले हरेक दिन बिहान पौने ९ बजे न्यूनतम र बेलुका पौने ६ बजे मापन गरिएको अधिकतम तापक्रमको विवरण वेबसाइटमार्फत सार्वजनिक गर्दै आएको छ ।

शुक्रबार, बिहीबार र बुधबारको तापक्रमको विवरण हेर्नोस्–

s1-1735271639.jpgs2-1735271655.jpgs3-1735271667.jpg
 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro