site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अवैध ९२ लाख रुपैयाँको अनुसन्धान गर्दा 'आफ्नै श्रीमती बेच्ने व्यक्ति' खुलेपछि...

काठमाडौं । अवैध ९२ लाख रुपैयाँसहित पक्राउ परेका आरोपितमाथि अनुसन्धान गर्दा एकजना मानव बेचबिखन मुद्दाका अभियुक्त रहेको खुलेको छ ।

पक्राउ परेकामध्ये सिन्धुपाल्चोकका रवि धमला मानव बेचबिखन मुद्दामा जेल पुगेरसमेत भागेको खुलेको हो । आफ्नै श्रीमतीलाई बेचबिखन गरेको कसुरमा उनी चौतारा कारागार बसेको खुलेको हो ।

०७२ सालमै सिन्धुपाल्चोक जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको र २०७२ सालको भूकम्पमा कारागार भत्किँदा उनी भागेको खुलेको हो ।

तर, प्रहरीसँगको बयानमा भने भागेरपछि अदालतमा हाजिर भएको र कसुरमा समेत सफाइ पाएको बताएका छन् । अवैध ९२ लाख रुपैयाँ कारोबारको मुख्य आरोपितसमेत धमला नै रहेको प्रहरीले जनाएको छ ।

रविसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार राति रसुवाका जीतबहादुर तामाङ, र संखुवासभाका सन्तोष खातीलाई पक्राउ गरेको थियो । उनीहरूमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको छ । उनीहरूले अवैध सुन बिक्रीपछि रकम संकलन गरेको आशंका प्रहरीको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १७:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro