site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
निश्चित योग्यता पुगेका व्यक्तिले मात्र हिमाल चढ्न पाउने व्यवस्था गर्छौँ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा भएका कमी–कमजोरीलाई सच्याउँदै सरकार अघि बढ्ने दिशामा रहेको बताएका छन् । राष्ट्रियसभाअन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीबारको बैठकमा उनले यस्तो बताएका हुन् ।

सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका निम्ति सरकारले बनाएको कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन गर्न नसकिएको उनको स्वीकारोक्ति छ । “...सहुलियतपूर्ण हवाई यातायात सञ्चालनका निम्ति कतिपय निकायबाट कार्ययोजनाअनुसार कामहरू भएका छन् भने कतिपय निकायहरूबाट भएको देखिँदैन, हुन बाँकी छन्,” उनले भने ।

उनले निश्चित योग्यता पुगेको मान्छेले मात्र हिमाल आरोहण गर्न पाउने व्यवस्था गरिनुपर्नेमा जोड दिए । उनले यस्तो व्यवस्था गर्नेतर्फ आफ्नो ध्यानाकर्षण भएको बताए ।

“एउटा निश्चि योग्यता पुगेको मान्छेले मात्र हिमाल चढ्न पाउने प्रबन्धलाई व्यवस्था गरियो भने त्यहाँ अरू ठूलो जोखिमको स्थिति रहन्न,” उनले भने, “त्यो कुरामा हामीले ध्यान दिनुपर्छ ।”

उनले निजी क्षेत्रले निश्चित स्थानसम्म मात्र हेलिकोप्टर सञ्चालन गर्न पाउने गरी क्यानले काम गर्नुपर्ने बताए । निजी क्षेत्रका हेलिकोप्टर कम्पनीलाई ‘मर्ज’ गर्दै लैजानुपर्ने उनको भनाइ थियो ।

“निजी क्षेत्रहरूले निश्चित क्षेत्रसम्म मात्र हेलिकोप्टर सञ्चालन गर्ने, उहाँहरूले गरेको वायु र ध्वनि प्रदूषणलाई नियन्त्रण र नियमन गर्ने यो काम क्यानले गर्छ । त्यो गर्ने दिशामा जानुपर्दछ,” उनले भने, “हेलिकोप्टर कम्पनीहरूलाई सोचविचार गरेर स्वीकृति दिने र स्वीकृति पाइसकेका कम्पनीहरूलाई पनि मर्जरको दिशामा लैजानेबारे सोचिरहेका छौँ ।”

हवाई यातायातलाई पर्यटन व्यवसायसँग जोड्दै अघि बढ्नुपर्ने उनले बताए । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १६:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro