site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
क्रिस्चियन समुदायले मनाए क्रिसमस डे

काठमाडौं । क्रिस्चियन धर्मका संस्थापक येशु ख्रिस्ट जन्मेको दिनको सम्झनामा यस समुदायका मानिसले क्रिसमस डे मनाएका छन् ।

दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रिस्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । येशु ख्रिस्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिस्चियन समुदायले यस दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेका छन् । 

क्रिसमस डेका अवसरमा राष्ट्रिय ख्रिस्टियन महासंघ, नेपालले काठमाडौंमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको थियो । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा भने विसं ०६३ पछि महासंघले महोत्सवका रुपमा मनाउने थालेको हो ।

क्रिसमसका अवसरमा नेपालमा विसं ०६३ देखि ०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो भने विसं ०७५ देखि ०७७ सम्म भने क्रिस्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो ।

विसं ०७८ देखि यस अवसरमा फेरि सबैलाई सार्वजनिक बिदा दिन थालिएको छ । हाल नेपालमा ३५ लाख क्रिस्चियन धर्मावलम्बी रहेको महासंघको दाबी छ । 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  २३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro