site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अवैध सुन तस्करीको सूचनापछि अपरेसन चलाउँदा ९२ लाख रकम बरामद

काठमाडौं । स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित पक्राउ परेका तीन युवा अवैध सुनको कारोबारमा संलग्न रहेको आशंका प्रहरीले गरेको छ । रसुवाका जितबहादुर तामाङ र सिन्धुपाल्चोकका रविन धमला तार्केश्वर नगरपालिकको लोलाङ र संखुवासभाका सन्तोष खाती जोरपाटीबाट पक्राउ परेका थिए ।

प्रहरीका अनुसार, तामाङ र धमलाको साथबाट ७७ लाख र खातीको साथबाट १५ लाख रुपैयाँ बरामद भएको हो । उनीहरू सुन कारोबारमा संलग्न रहेको आशंकामा अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिए ।

पक्राउ परेका धमलाको जोरपाटी र रसुवामासमेत सुन पसल रहेको खुलेको छ । उनीहरूको साथबाट बरामद भएको रकम अवैध सुन बिक्रीपछि संकलन गरिएको हुन सक्ने आंशका प्रहरीले गरेको छ ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले भने, ‘‘उनीहरूले अवैध सुन बिक्री गरेपछि संकलन गरेको जस्तो देखिन्छ । हामीले सोध्दा पनि विभिन्न व्यक्तिमार्फत बुझेको रकम भनेर बयान दिएका छन् ।’’

प्रहरीले अवैध सुन नै रहेको सूचनाको आधारमा अपरेसन थालेको थियो । तर, उनीहरूबाट रकम फेला परेको हो । प्रहरीको टोलीले सुरुमा लोलाङबाट तामाङ र धमलालाई स्कुटरमा बोकेको रकमसहित पक्राउ गरेपछि जोरपाटीबाट खाती पक्राउ परेका हुन् ।

उनीहरूमाथि प्रहरीले थप सोधपुछ जारी राखेको छ ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १६:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro