site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
स्रोत नखुलेको ९२ लाखसहित जोरपाटीबाट तीनजना पक्राउ

काठमाडौं । स्रोत नखुलेको ९२ लाख रुपैयाँसहित तीनजना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जोरपाटीबाट उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रसुवाका जितबहादुर तामाङ, संखुवासभाका सन्तोष खाती र सिन्धुपाल्चोकका रविन धमला छन् ।

उनीहरूलाई मंगलबार राति पक्राउ गरिएको कार्यालयका एक अधिकारीले जानकारी दिए । अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार, उनीहरू सुनको कारोबारी रहेको देखिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १४:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro