site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
हाइटीमा पत्रकार सम्मेलनका क्रममा गोली चल्यो, तीनजनाको मृत्यु

काठमाडौं । हाइटीको प्रमुख सरकारी अस्पताल पुनः खोल्ने घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा एक हतियारधारी व्यक्तिले गोली चलाएको छ

हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्समा भएको गोलीकाण्डमा तीनजनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन् । मृत्यु हुनेमा दुई पत्रकारसहित तीनजना छन् । 

यो सार्वजनिक अस्पताल हिंसात्मक समूहले कब्जा गरेको थियो । गोली चल्दा पत्रकारहरू स्वास्थ्यमन्त्रीलाई पर्खिरहेका थिए ।

हमला भिभ अन्सानम समूहले गराएको जनाइएको छ । यो गोलीबारीपछिका धेरै भिडियोहरू सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
 

प्रकाशित मिति: बुधबार, पुस १०, २०८१  १०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro