site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अफगानिस्तानमा भारतीय दूतावासका कर्मचारीमाथि आक्रमण

काठमाडौं । अफगानिस्तानको जलालाबादस्थित भारतीय वाणिज्य दूतावासमा कार्यरत अफगानी कर्मचारीमाथि आक्रमण भएको छ । मंगलबार साँझ अज्ञात बन्दुकधारीले कर्मचारी बोकेको गाडीमा आक्रमण गरेका हुन् ।

आक्रमणमा कम्तीमा तीन कर्मचारीको मृत्यु भएको भनिए पनि पुष्टि हुन सकेको छैन । एकजना घाइते भएका छन् । आक्रमणको अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन ।

आक्रमणमा कुनै भारतीय कर्मचारीको मृत्यु वा घाइते नभएको स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगानिस्तानमा तालिबान आउनुअघि नै भारतले सुरक्षा कारण देखाउँदै दूतावास बन्द गरेको थियो ।

फर्स्टपोस्टबाट ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २२:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro