site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
शुक्रबारदेखि अर्को वायुको प्रभाव, पश्चिम नेपालमा 'राम्रै वर्षा'को सम्भावना

काठमाडौं । नेपालमा आगामी शुक्रबारदेखि अर्को पश्चिमी वायुको प्रभाव सुरु हुने मौसमविद्ले बताएका छन् । जसका कारण पश्चिम नेपालमा ‘राम्रै वर्षाको सम्भावना’ रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले बताएका छन् ।

मंगलबार राति सामाजिक सञ्जालबाट पोखरेलले भनेका छन्, “शुक्रबार बेलुका फेरि अर्को पश्चिमी वायुको प्रभाव सुरु हुने र पश्चिम नेपालमा राम्रै वर्षा हुने देखिन्छ । शनिबार काठमाडौंलगायत देशैभरि पूर्णतया बदली हुने र केही भागमा (काठमाडौंमा पनि) हल्का वर्षाको राम्रो सम्भावना छ ।”

उनका अनुसार, आज राति र भोलि बिहानसम्म देशभरि बादल लाग्नेछ । तर, भोलि अपराह्नदेखि मौसम सफा रहनेछ ।

नेपालमा आइतबार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट सुरु भएको मौसम बदलीले आज देशका धेरैजसो स्थानमा प्रभाव पारेको छ । पश्चिम न्यूनचापीय प्रणालीका कारण बदली भए पनि न्यून वर्षा भएको छ । काठमाडौं उपत्यकालगायत केही स्थानमा सामान्य छिटपुट वर्षा भएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २२:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro