site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
तीन महिनापछि माथिल्लो तामाकोसीबाट पुनः बिजुली उत्पादन सुरु

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका जलविद्युत्‌गृहमध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्रबाट आंशिकरूपमा विद्युत् उत्पादन सुरु भएको छ ।

गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको पहिरोले क्षति पुर्‍याएका संरचनाको आंशिक मर्मतसम्भार गरेर ८८ दिनपछि मंगलबार बेलुका ७:४० बजेबाट पुनः विद्युत् उत्पादन सुरु गरिएको हो । उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको छ ।

हाल नदीमा उपलब्ध पानीको बहाबलाई पूर्णरूपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन गरिएको छ ।

अविरल वर्षाका कारण तामाकोसी नदीमा पानीको बहाब उच्च भएपछि गत असोज ११ गते साँझ ७ बजेदेखि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१  २०:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro