site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन

काठमाडौं । मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनिता दनुवारको निधन भएको छ । सोमबार बिहान जोरपाटीस्थित निवासमा अचेत अवस्थामा भेटिएकी ४७ वर्षीय दनुवारलाई नेपाल मेडिकल कलेज पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

शक्ति समूहकी संस्थापकसमेत रहेकी दनुवार मानव बेचबिखनविरुद्धको अभियानमा सक्रिय थिइन् ।

उनलाई अमेरिकाको फर्च्युन म्यागेजिनले विश्वका ५० विशेष नेतृत्वकर्ताको सूचीमा राखेको थियो । दनुवार सन् २०१८ मा विदेश मन्त्रालयबाट मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको 'हिरो'को रूपमा सम्मानित भएकी थिइन् ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro