site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘हनी ट्रयाप’ प्रकरणमा मुछिएकी इन्स्पेक्टर शाहीलाई पाँच लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । भैँसेपाटीको ‘हनी ट्रयाप’ घटनामा ललितपुर जिल्ला अदालतले प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाहीसँग पाँच लाख रुपैयाँ धरौटी मागेको छ । सोमबार भएको थुनछेक बहसपछि अदालतले उनलाई पाँच लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

उनीमाथि ललितपुरको भैँसेपाटी प्रहरी प्रभाग प्रमुख रहँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’मा पारेर ३० लाख रुपैयाँ असुल गर्न खोजेको आरोप लागेको थियो ।

ललितपुर प्रहरीको अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत ललितपुरसँग पक्राउ अनुमति मागेको थियो ।

अदालतले पक्राउ अनुमति दिए पनि उनलाई लामो समयसम्म प्रहरीले पक्राउ गर्न सकेन । तर, उनी आइतबार बयानका लागि आफैँ ललितपुर जिल्ला अदालत उपस्थित भएकी थिइन् । आइतबार बयान नसकिएपछि प्रहरीले उनलाई हिरासतमा राखेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro