site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भक्तपुरमा बाबुछोराकाे ‘हत्या’, जेठो छोरा फरार

काठमाडौं । भक्तपुरमा बाबुछोरा मृत फेला परेका छन् । खोटाङ स्थायी घर भएका बुवा कुलप्रसाद आचार्य र उनका छोरा प्रवीण मृत फेला परेका हुन् । 

कुलप्रसाद जिल्ला हुलाक खोटाङका सुब्बा हुन् । “शनिबार साँझ तीनैजनाले सँगै खाना खाएको कुरा आएको छ । बाहिरबाट ताल्चा लगाइएको थियो । तर, भित्र दुईवटा छुट्टाछुट्टै कोठामा शव छ,” जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले बाह्रखरीसँग भने, “धारिलो हतियार प्रयोग गरेर हत्या गरेको पाइएको छ ।” 

उनका अनुसार, जेठो छोरा फरार छन् । शव अहिले घटनास्थलमै रहेको र आवश्यक प्रक्रिया अगाडि बढाइएको डीएसपी न्यौपानले बताए ।

कुलप्रसाद कार्यालयको कामले काठमाडौं आएको पाइएको भन्दै डीएसपी न्यौपानेले भने, “घटना कसरी र के कारणले भयो, घटना कसले घटायो प्रहरीले अनुन्धान सुरु गरिसकेको छ ।” 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १३:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro