site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ब्राजिलमा विमान दुर्घटना हुँदा एकै परिवारका १० जनाको मृत्यु, १७ घाइते (फोटो/भिडियो)

काठमाडौं । ब्राजिलको ग्रामाडो सहरमा विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । उनीहरू सबै एकै परिवारका सदस्य थिए ।

त्यो एउटा निजी विमान थियो । आइतबार बिहान ब्राजिलका व्यापारी लुइज क्लाउडियो ग्यालेजीले त्यसलाई उडाएका थिए ।

दुर्घटनामा उनी, उनकी श्रीमती, तीन छोरी र परिवारका अरू सदस्यको मृत्यु भएको छ । उनको कम्पनीका तर्फबाट एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिइएको हो ।

यो सानो विमान पहिले भवनको चिम्नीमा र त्यसपछि घर र पसलमा ठोक्किएको बताइएको छ । दुर्घटनामा उक्त क्षेत्रका भवनमा पनि क्षति पुगेको छ ।

b2-1734929283.jpg
यो दुर्घटनामा १७ जना घाइते भएका स्थानीय अधिकारीले बताएका छन् । तीमध्ये दुईजनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलका सञ्चारमाध्यमका अनुसार, ६१ वर्षीय व्यापारी गालेज्जी आफ्नो परिवारलाई यात्रामा लिएर जाँदै थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको बताइएको छ । बीबीसी हिन्दीबाट ।

थप तस्बिर/भिडियो हेर्नोस्–

b3-1734929303.jpg

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १०:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro