site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अवैध सुनसहित दुई भारतीय नागरिक पक्राउ

काठमाडौं । अवैध सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । कैलालीको धनगढी नगरपालिका–३ बाट ५४९.२०० ग्राम सुनसहित दुई भारतीय नागरिक आइतबार पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मोहला बजार–२ पलियाकला खिरीका ४४ वर्षका दीपक गुप्ता र सोही ठाउँका ३४ वर्षका  सुमित बर्मा रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

भारतीय नम्बरप्लेटको गाडी शंका लागेर जाँच गर्दा उक्त परिमाणको सुन बरामद भएको हो । 
 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०७:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro