site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धनगढीबाट आधा केजी सुनसहित दुई भारतीय नागरिक पक्राउ

कैलाली । धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहबाट ५४९.२ ग्राम अवैध सुनसहित दुईजना भारतीय नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।

भारतको उत्तर प्रदेश मोहला बजार–२ पलियाकला खिरीका दीपक गुप्ता र सोही ठाउँका सुमित बर्मालाई अवैध सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता एवं प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

उनका अनुसार, प्रहरी उपरीक्षक पदमबहादुर विष्टको कमान्डमा खटिएको प्रहरी टोलीले ५४९.२ ग्राम सुनजस्तो देखिने पहेँलो धातुका काटिएका टुक्रा दुई थान र सरसमान बरामद गरेको हो । भारतको पलियाकला खिरीका गुप्ताले चलाएको उत्तर प्रदेश ३२ जेभी ९२०० भारतीय नम्बर प्लेटको कार शंका लागेर चेक गर्दा कारभित्र राखिएको ज्याकेटको खल्तीमा लुकाइएको अवस्थामा सुन भेटिएको हो ।

प्रहरीले उनीहरूका साथबाट सुनसहित लेनोभो ल्यापटप एक थान, रियलमी र रेडमी मोबाइल दुई थान, नेपाली नगद ४४ हजार आठ सय १०, भारतीय एक हजार दुई सय ८० रुपैयाँ र उत्तरप्रदेश ३२ जेभी ९२०० नम्बर प्लेट भएको सुजुकी कार बरामद गरेको छ । बरामद गरिएको समान र पक्राउ गरिएका दुवैजनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  २३:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro