site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१३ अंकले घट्यो नेप्से, चार अर्ब ५१ करोडको कारोबार

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार १३.५३ अंकले घटेको छ । नेप्से ०.५२ अंकले घटेर २५८३.२९ को विन्दुमा झरेको हो ।

यस दिन चार अर्ब ५१ करोड रुपैयाँमा ९१ लाख ८० हजार ७१८ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

सपोर्ट माइक्रोफाइनान्स, बराही हाइड्रो र न्यादी हाइड्रोको सेयर मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ । सप्तकोसी विकास बैंकको सेयर मूल्य सबैभन्दा धेरै ६.४० प्रतिशतले घटेको छ ।

कारोबारमा रहेका १३ उपसमूहमध्ये हाइड्रो र उत्पादन क्षेत्रको समूहगत परिसूचक मात्र बढेको छ ।

८५ कम्पनीको सेयर मूल्य बढेको छ । १५३ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro