site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निगमको विमानमा अचेत लिम्बूको मृत्यु
फाइल तस्बिर ।

काठमाडौं । नेपाल वायुसेवा निगमको विमानमा हङकङ–काठमाडौं यात्राका क्रममा अचेत भएका यात्रुको मृत्यु भएको छ । शनिबार (हिजो) हङकङबाट काठमाडौं आउने क्रममा ताप्लेजुङका ५३ वर्षीय देउमान लिम्बू अचेत भएका थिए । अचेत लिम्बूलाई अस्पतालले मृत घोषणा गरेको हो ।

निगमको आरए ४१० उडानमार्फत हङकङबाट काठमाडौं आउने क्रममा विमानभित्रै उनी अचेत भएका थिए । अचेत लिम्बूलाई विमानका कर्मचारीले आफन्तको जिम्मा लगाएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।

लिम्बूलाई कुनै स्वास्थ्य समस्याका बारेमा त्यसअघि कसैले विमान पक्षलाई जानकारी नगराएको पौडेलले बताए । अचेत लिम्बूलार्ई उपचारका निम्ति सिनामंगलस्थित केएमसी अस्पतालमा पठाइएको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १४:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro