site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतले महाकाली नदी ‘डाइभर्सन’ गरेर बाँध बनाउँदा विवाद

काठमाडौं । महाकाली नदी नियन्त्रणका निम्ति बाँध बनाउन भारतले पानी नेपालतर्फ ‘डाइभर्सन’ गरेपछि विवाद भएको छ । महाकालीमा ०७२ सालमा आएको बाढीपछि नदी नियन्त्रणका निम्ति दुवै पक्षबाट बाँध बनाइँदै छ । यसक्रममा नदी डाइभर्सन गर्दा बेलाबेला विवाद हुने गरेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) यज्ञराज जोशीले नेपालतर्फ बाँध बनाउँदा भारत र भारततिर बाँध बनाउने क्रममा नेपालतर्फ पानी लगाउने (डाइभर्सन) गरिएको बताए ।

“हाम्रोतिर बाँध बनाउँदा पानी भारततर्फ लगाउछौँ, त्यसरी नै उनीहरूले पनि आफ्नोतर्फ बाँध बनाउँदा पानी नेपालतर्फ लगाएको हो,” उनले बाह्रखरीसित भने ।

धेरै पानी नेपालतर्फ पठाइएको भन्दै आइतबार स्थानीय भेला भएर विरोध गरिरहेका छन् । विवादपछि सुरक्षा बल त्यहाँ पुगेको र भारतीय पक्षसँग छलफल भइरहेको सीडीओ जोशीले जानकारी दिए ।

नदी डाइभर्सन गर्ने क्रममा सञ्चालित स्काभेटर र चालकलाई रोकेर भारतीय पक्षसँग छलफल भइरहेको उनले बताए ।

“हामीले पनि श्रीबगड भन्ने ठाउँमा बाँध बनाइरहेका छौँ । त्यसका लागि भारततर्फ पानी लगाउँदा उनीहरूले नदीछेउमा भवन रहेको भन्दै प्राविधिक टोलीले छलफल गरेपछि काम अघि बढाउनुपर्ने माग राखेपछि आज दुवै पक्षबीच छलफल भइरहेको छ,” सीडीओ जोशीले भने ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १३:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro