site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सुदूरपश्चिमका राज्यमन्त्रीको गाडी दुर्घटना : दम्पतीसहित तीनजना घाइते
राज्यमन्त्री प्रकाश बम । फाइल तस्बिर ।

कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम सवारी दुर्घटनामा घाइते भएका छन् ।

राज्यमन्त्री बम सवार प्रदेश ३—०१—०२४ च नम्बको मोटर शनिबार साँझ भारतको पलिया बजारनजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए ।

दुर्घटनामा राज्यमन्त्रीकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा पनि घाइते भएका छन् । धनगढीस्थित निसर्ग अस्पतालमा सबै घाइतेको उपचार जारी छ । राज्यमन्त्रीको अवस्था सामान्य छ । 

भारतको खिरी जिल्लास्थित पलिया बजारमा किनमेल गरेर पर्किने क्रममा दुर्घटना भएको हो । रासस

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २१:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro