site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
जापानमा आगलागीमा परी आठजनाको मृत्यु !
आगलागीको प्रतीकात्मक तस्बिर ।

टोकियो । जापानमा शनिबार आगलागीमा परी आठजनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

टोकियोको दक्षिणी भागस्थित योकोसुकामा रहेको दुईतले घरमा बिहान आगलागी हुँदा ९२ वर्षीय पुरुष र उनकी ८९ वर्षीया श्रीमतीको मृत्यु भएको क्योदो न्युजले जनाएको छ । 

सोही सहरको दुईतले अपार्टमेन्टमा आगलागी हुँदा ६८ वर्षीया महिलाको मृत्यु भएको छ ।

दक्षिणपश्चिम जापानको फुकुओकामा रहेको एउटा घरमा बिहानै अर्को आगलागी भएको थियो, जहाँ दुईजनाको शव फेला परेको प्रहरीले जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १३:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro