site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना, कति छ काठमाडौंको तापक्रम ?
फाइल तस्बिर ।

काठमाडौं । कोसी प्रदेशमा आज हल्का वर्षा र हिमपातको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी प्रदेशको हिमाली क्षेत्रमा आंशिक बदली रही एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । 

कोसी प्रदेशमा राति हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । एक–दुई स्थानमा फाटफुटदेखि हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । 

वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ । तराई क्षेत्रमा मुख्यतया मौसम सफा रहने सम्भावना विभागले जनाएको छ ।

बिहान तराई तथा उपत्यकाका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । 

यसैबीच, काठमाडौंमा आज बिहानको न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस रहेको छ । बिहान पौने ६ बजे काठमाडौंमा न्यूनतम तापक्रम ३.८ डिग्री सेल्सियस मापन गरिएको विभागले जनाएको छ । 


 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०७:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro