site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा किशोरीको हत्या, युवक पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा किशोरीको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–३ घर भई काठमाडौं महानगरपालिका–१४, खड्कागाउँमा बस्दै आएका २४ वर्षीय विश्वास तामाङ छन् ।

काठमाडौंकै चन्द्रागिरि नगरपालिका–१०, सतुंगलमा डेरा गरी बस्दै आएकी गजुरी–४ की १७ वर्षीया सरिता तामाङको हत्या गरेको उनीमाथि आरोप छ । बुधबार (हिजो) राति उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सरिता आफ्नै कोठामा बुधबार दिउँसो मृतावस्थामा फेला परेकी थिइन् । घटनामा संलग्न विश्वासलाई पक्राउ र थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १२:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro