site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि कार्यान्वयनमा

लुम्बिनी । यहाँका स्थानीय होटेल र लुम्बिनी विहारबीचको विवाद समाधान भएको छ । यसका लागि लुम्बिनी होटेल संघ र विहार सञ्चालकबीचको बुधबार आठबुँदे सहमति भएसँगै विवाद समाधान भएको हो ।

लुम्बिनी विकास कोषको पहलमा लुम्बिनी होटेल संघ, लुम्बिनी सांस्कृतिक नगरपालिका र जिल्ला प्रशासनको संलग्नतामा होटेल र विहारका विषयमा देखिएका समस्या समाधान गर्न ‘लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१’ बनाइएको थियो ।  

सांसद वासुदेव घिमिरेको उपस्थितिमा कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामासहित होटेल व्यवसायी, विहारका प्रतिनिधिको बैठकले विवाद समाधान गर्दै सो कार्यविधि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ । 

लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रहेका विहार गुम्बामा तीर्थयात्रीलाई होटेलमा जस्तै सुविधा दिइएकोजस्ता विषयलाई लिएर ती दुई निकायका बीचमा विवाद हुँदै आएको थियो । होटेल व्यवसायी र गुम्बा विहारको विषयले अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक प्रचार हुन नदिन कोषकै नेतृत्वमा लुम्बिनी विहार तथा तीर्थयात्री व्यवस्थापन कार्यविधि २०८१ तयार पारिएको हो । 

कार्यविधिले गुम्बा विहारमा निश्चित संख्यामा भिक्षु, लामा भन्ते, आर्थिक अवस्था कमजोर भएका तीर्थयात्री र चन्दादातालाई मात्रै राख्ने र होटेल व्यवसायीले समेत गुम्बा विहारमा आएका धार्मिक तीर्थयात्रीलाई आत्मिक स्वागत सत्कार गर्ने गरी कार्यविधि तयार पारिएको जनाइएको छ ।

सांसद घिमिरेले लुम्बिनी अन्तर्राष्ट्रिय पर्यटकीयस्थल भएकाले यहाँ विश्वभरका पर्यटकलाई आर्कषित गर्ने गरी वातावरण बनाउनुपर्नेमा जोड दिए । 

कोषका उपाध्यक्ष डा. लामाले दुई पक्षबीचमा भएको सहमति पूर्णरुपमा कार्यान्वयन गर्न निर्देशन दिए । उनले विवादले अन्तर्राष्ट्रियस्तरमा लुम्बिनीको गलत सन्देश गइरहेकोमा अब त्यसको अन्त्य भएको बताए । 

उनले लुम्बिनी विकास कोषसहित होटल व्यवसायी र गुम्बा विहारका प्रतिनिधिबीचको छलफलबाट कार्यविधि तयार पारिएकाले अब यसको कार्यान्वयन सबै मिलेर गर्नुपर्ने बताए ।  

यस्तै लुम्बिनी होटेल व्यवसायी संघ नेपालका अध्यक्ष गोविन्द ज्ञवालीले गुम्बा विहार र होटेल व्यवसायीबीच भएको असमझदारी कार्यविधि बनेसँगै अन्त्य भएको बताए । उनले कार्यविधिको इमान्दारीपूर्वक कार्यान्वयन गर्न आग्रह गरे । रासस

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०८:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro