site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
विभिन्न कार्यक्रमका साथ मनाइयाे अन्तर्राष्ट्रिय आप्रवासी दिवस

काठमाडाैं । अन्तर्राष्ट्रिय आप्रवासी दिवस नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । संयुक्त राष्ट्रसंघले सन् १९९० डिसेम्बर १८ मा आप्रवासी श्रमिक र तिनका परिवारका सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय आप्रवासी दिवस मनाइएको हो ।

दिवसको सन्दर्भ पारेर नेपालमा ‘सुरक्षित आप्रवासनका आधार, सूचना र सीपसहितको रोजगार’ भन्ने नाराका साथ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत आप्रवासी श्रमिक दिवस मूल समारोह समितिले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको थियो ।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने युवाहरूको हकमा विनाधितो ऋण प्रदान गर्ने र यसका कारण धेरै ब्याजदरमा ऋण लिएर विदेश जानुपर्ने अवस्थाको अन्त्य हुने बताए । उनले श्रमका लागि विदेश गएका युवाको सामाजिक सुरक्षालाई प्रभावकारी बनाउका लागि सरकारले ध्यान केन्द्रित गरेको उल्लेख गरे । 

उनले देशकै सबै पालिकाबाट रोजगार केन्द्रको सेवा आरम्भ गर्ने र प्रविधिको माध्यमबाट अभिलेखीकरण गरिने बताए । श्रम मन्त्रालयमार्फत आन्तरिक रोजगार महाशाखाको प्रस्ताव मन्त्रिपरिषद्मा पठाएको भन्दै उनले आन्तरिक रोजगारका बारेमा संस्थागत रूपमा काम गरिने जानकारी दिए । 

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओइम)द्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन, २०२४ अनुसार विश्वभरि अनुमानित २८ दशमलव एक करोड मानिस आप्रवासीका रूपमा रहेका छन् । जसमध्ये आप्रवासी श्रमिकको संख्या १६ दशमलव नौ करोड छ । 

नेपालबाट आर्थिक वर्ष ०८०÷८१ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिई सात लाख ४१ हजार दुई सय ९७ जना श्रमिक वैदेशिक रोजगारीमा गएका छन् ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १६:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro