site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
श्रीमतीमाथि कुटपिट गर्ने कृष्ण पक्राउ

काठमाडौं । मुगुमा आफ्नी श्रीमतीमाथि पटक–पटक कुटपिट आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । छायाँनाथ रारा नगरपालिका–११ का २८ वर्षीय कृष्ण कुमाईलाई मंगलबार (हिजो) पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गएको कात्तिक २० गते कुमाईले श्रीमती पदमकला साउदमाथि आक्रमण गरेका थिए । साउद गाई चराउन जंगलमा गएका बेला उनले त्यहीँ पुगेर दाउराको चिर्पट प्रहार गरेका थिए ।

चिर्पट लागेर उनी बेहोस भएपछि कुमाई भागेका थिए । साउदलाई पछि वडाध्यक्ष कन्जुमा कुमाईले उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएका थिए ।

श्रीमान्‌को आक्रमणबाट पदमकलाको अनुहारसहित शरीरका विभिन्न भागमा चोट लागेको थियो । पछि अस्पतालबाट ‘डिस्चार्ज’ भएपछि पनि उनीमाथि कुटपिटको क्रम रोकिएन ।

गएको बिहीबार राति पुनः मदिरा सेवन गरेर कुटपिट गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पदमकला राति घरबाट भाग्न सफल भएका कारण जोगिएको मुगु प्रहरीले जनाएको छ । प्रहरीले कृष्णमाथि अनुसन्धान जारी राखेको छ ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro