site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
साढे १६ वर्षमा वैदेशिक रोजगारीमा गएका १४ हजारभन्दा बढीले गुमाए ज्यान, साढे तीन हजारको अंगभंग 

काठमाडौं । बितेको साढे १६ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका मध्ये १४ हजारभन्दा बढी नेपालीको मृत्यु भएको छ । आर्थिक वर्ष २०६५/६६ देखि २०८१/८२ को मंसिर मसान्तसम्म वैदेशिक रोजगारीका क्रममा उनीहरूको मृत्यु भएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको विवरणानुसार, उक्त अवधिमा कुल १४ हजार २१३ जनाको मृत्यु भएको छ । सोही अवधिमा वैदेशिक रोजगारीमा गएका मध्ये तीन हजार ४४० नेपाली अंगभंग भएर फर्किएको बोर्डको तथ्यांकले देखाउँछ ।

वैदेशिक रोजगारीका निम्ति नेपाली समाजले महँगो सामाजिक मूल्य चुकाउनुपरेको बोर्डको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्ष २०८१/८२ सुरु भएयताको पहिलो पाँच महिनामा वैदेशिक रोजगारीका क्रममा ७१६ नेपालीले ज्यान गुमाएका छन् । २०६५/६६ यता प्रत्येक वर्ष औसतमा ८६५ भन्दा बढी र हरेक महिना औसतमा ७२ बढी नेपालीको मृत्यु वैदेशिक रोजगारीका क्रममा भएको देखिन्छ ।

बोर्डका अनुसार, वैदेशिक रोजगारीका क्रममा आर्थिक वर्ष २०६५/६६ मा ७८ जना, २०६६/६७ मा ४२१, २०६७/६८ मा ५६४, २०६८/६९ मा ६४७, २०६९/७० मा ७७२, २०७०/७१ मा ८७७, २०७१/७२ मा एक हजार ६, २०७२/७३ मा ८२६ र २०७३/७४ मा ७५८ नेपालीको मृत्यु भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७४/७५ मा ८२६, २०७५/७६ मा ७६३, २०७६/७७ मा ६७२, २०७७/७८ मा एक हजार २४३, २०७८/७९ मा एक हजार ४७९, २०७९/८० मा एक हजार २०८ र २०८०/८१ मा एक हजार ३५५ नेपालीको मृत्यु भएको थियो ।

वैदेशिक रोजगारीमा गएका मध्ये एकै वर्ष सबैभन्दा बढी नेपालीको मृत्यु आर्थिक वर्ष २०७८/७९ मा भएको देखिन्छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकानुसार, बितेको १६ वर्षमा ६५ लाख १३ हजार ४६२ नेपाली श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या वैधानिक तरिकाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर जानेको मात्र हो । आर्थिक वर्ष २०६५/६६ देखि २०८०/८१ सम्मको अवधिमा उक्त संख्यामा नेपाली वैदेशिक रोजगारीमा गएका हुन् ।

पछिल्लो १६ वर्षमा वैदेशिक रोजगारीमा गएका मध्ये ६० लाख ७४ हजार ९०९ पुरुष र चार लाख ३८ हजार ५४८ महिला छन् ।

कुल वैदेशिक रोजगारीमा गएका मध्ये महिलाको संख्या ६.७३ प्रतिशत छ । बाँकी ९३.२७ प्रतिशत पुरुष छन् ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १२:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro