site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा चिसो कम हुँदै, कति छ आजको न्यूनतम तापक्रम ?
फाइल तस्बिर । 

काठमाडौं । काठमाडौंमा मंगलबारको तुलनामा बुधबार (आज) तापक्रम केही बढी छ । 

काठमाडौंमा बुधबार बिहान पौने ६ बजेको तापक्रम ५.१ डिग्री सेल्सियस छ । हिजो यही समय काठमाडौंको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो । 

“काठमाडौंमा आज मौसम सफा रहनेछ । देशका कुनै पनि ठाउँमा वर्षाको सम्भावना छैन,” मौसमविद् मीनकुमार अर्यालले बाह्रखरीसँग भने, “कोसी र कर्णाली प्रदेशमा आंशिक बदली हुनेछ । तर वर्षाको सम्भावना छैन ।” 

तराईका केही स्थान तथा उपत्यका र पहाडी भू–भागमा बिहान हुस्सु र कुहिरो लागेको उनले जानकारी दिए । 

उच्च पहाड र हिमाली क्षेत्रमा पनि मौसम सफा रहनेछ । हिमपातको सम्भावना नरहेको मौसमविद् अर्यालले जानकारी दिए । 
 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro