site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
पाँच करोड अमेरिकी भोकमरीको चपेटामा, के हो कारण ?

काठमाडौं । अमेरिका पछिल्लो १३४ वर्षमा विश्वको सबैभन्दा ठूलो अर्थ व्यवस्था भएको मुलुक बनेको छ । गरिबी र भोकमरी उन्मूलनलक्षित कल्याणकारी कार्यक्रमको व्यापक सञ्जाल सञ्चालन गर्ने सबैभन्दा पुरानो लोकतन्त्र हो, अमेरिका । बाँकी विश्व ‘अमेरिकी सपना’का पछाडि दोडिरहँँदा अमेरिका आफैँले भने भोकमरीको समस्याबाट गुज्रिरहेको छ ।

अमेरिकाको कृषि विभाग (यूएसडीए)को रिर्पोट अनुसार, अमेरिकामा करिब पाँच करोड मानिस भोकमरीको चपेटमा छन् । हरेक सात परिवारमध्ये एक अमेरिकी परिवार खाद्य असुरक्षाको जोखिममा छ ।

कृषि विभागको सन् २०२३ आन्तरिक खाद्य सुरक्षा रिर्पोट अनुसार, सन् २०२३ खाद्य असुरक्षा सामना गर्ने ४.७४ करोड नागरिकमध्ये १.३८ करोड बालबालिका छन् ।

अमेरिकाको नारा नै छ– “सक्रिय र स्वस्थ जीवनका लागि सबै मान्छेलाई हर समय पर्याप्त भोजनसम्म पहुँच हुनुपर्छ ।”

तर, अमेरिकी तथ्यांक हेर्दा उसले भन्ने गरेजस्तो उसका हरेक नागरिकसम्म पर्याप्त भोजन पुगेको देखिँदैन ।

अमेरिकी रिर्पोट अनुसार, अमेरिकाका ५.१ प्रतिशत परिवार अर्थात् हरेक २० परिवारमध्ये एक परिवारले खाद्य असुरक्षा महसुस गर्छन् । अमेरिकाका ५.१ परिवारले नियमित दुई छाक खाना खान सक्दैनन् ।

अमेरिकाको कृषि विभागले गरेको सर्वेक्षणमा सहभागी ९८ प्रतिशत अमेरिकी नागरिकले 'मसँग पैसा आउनुअगाडि नै घरमा रहेको खाद्यान्न सकिन्छ कि भन्ने चिन्ता भइरहन्छ' भनेर जवाफ दिएका थिए ।

पछिल्लो समय अमेरिकामा गरिबको संख्या पनि घटेको छैन । सन् २०२३ मा ३.६८ करोड मानिस गरिबीको रेखामुनि थिए । सन् २०११ को अमेरिकी जनगणना अनुसार, अमेरिकाका ११ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् ।

यसबाहेक अमेरिकामा रहेका अश्वेत (काला) परिवारले श्वेत (गोरा) परिवारको तुलनामा दुई गुणा बढी खाद्य असुरक्षा सामना गर्छन् । अमेरिकाका २३.३ प्रतिशत अश्वेत परिवार खाद्य असुरक्षाको चपेटामा छन् ।

सन् २०२२ मा भोक, पोषण र स्वास्थ्यका विषयमा अमेरिकी राष्ट्रपति कार्यालयले एउटा रणनीति तयार गरेको थियो । उक्त रणनीति अनुसार, सन् २०३० सम्ममा अमेरिकाबाट भोकमरी हटाउने र कम भन्दा कम अमेरिकीलाई पोषणसम्बन्धी रोग लाग्ने अवस्था बनाउने भन्ने थियो ।

न्यूनतम तलब पाइने रोजगारी, अल्प–बेरोजगारी र सरकारी कल्याणकारी योजनासम्म आम पहुँच नहुनुलाई अमेरिकामा भोकमरीको प्रमुख कारण मानिन्छ । अमेरिकामा अधिकतम परिवार घरभाडा भाडा, शिक्षा र स्वास्थ्यमा हुने खर्चको बोझ धान्दाधान्दै खाद्यान्नका लागि पर्यात खर्च गर्न सक्दैनन् ।

अमेरिकाका ४० प्रतिशत मान्छे एक महिनाको तलबमात्र रोकिँदा गरिबीको रेखामुनि पुग्ने बताइन्छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार, सन् २०२३ मा विश्वभरमा प्रति ११ जनामध्ये एकजना मान्छे हरेक रात भोकै सुत्न बाध्य भए । सन् २०२३ मा विश्वभरमा करिब २.३३ अरब मान्छेले गम्भीर खाद्य असुरक्षाको सामना गरे ।

विश्वभरमा भोकमरी, खाद्य असुरक्षा पहिलेदेखि नै थियो । कोभिड महामारीले खाद्य असुरक्षा र भोकमरीमा पर्ने नागरिकको संख्या बढायो । कोभिड महामारी समाप्त हुँदा पनि खाद्य असुरक्षामा परेका मान्छेको संख्या भने घटेन । विश्व स्वास्थ्य संगठनका अनुसार, विश्वभरमा भोकमरीबाट प्रभावितहरूको ठूलो संख्या एसिया र अफ्रिकामा छ ।

डाउन टू अर्थबाट।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०७:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro