site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दैनिक १७५ जनाबाट हुँदै छ गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणको काम, कति भयो प्रगति ?

काठमाडौं । चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम तीव्ररूपमा अघि बढेको छ । धुर्मुस सुन्तली फाउन्डेसनले आर्थिक अभावको कारण देखाएर निर्माणको काम छाडेपछि रंगशाला अलपत्रमा परेको थियो । तर, भरतपुर महानगरपालिकाले पहल लिएपछि अहिले संघीय सरकार, वाग्मती सरकार र भरतपुर महानगरको सहकार्यमा रंगशाला निर्माण भइरहेको छ ।

०८१ असार २३ गतेदेखि हिमालयन कालिञ्चोक बीबी आर निर्माण कम्पनीले रंगशालाको काम गरिरहेको छ । निर्माण कम्पनीले ७८ करोड ५० लाख ९१ हजार रुपैयाँ लागतमा रंगशाला निर्माण गरिरहेको छ ।

रंगशाला निर्माणका लागस वाग्मती सरकारले ७५ करोड र भरतपुर महानगरले पाँच करोड रुपैयाँ विनियोजन गरेको छ ।

कति भयो प्रगति ?

निर्माण थालेलगत्तै पाँच महिनामा भएको प्रगतिले तोकिएको समयभित्रै निर्माण सकिने देखिएको आयोजनाका प्रोजेक्ट म्यानेजर वीरेन्द्रकुमार यादवले जानकारी दिए । उनका अनुसार, रंगशालामा दैनिक १५० देखि १७५ जना कामदारबाट काम भइरहेको छ ।

इन्जिनियर रञ्जीत शाहले निर्माण थालेको पाँच महिनामा करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको बताए । अहिले दर्शक बस्ने स्ट्यान्ड, खेल मैदान बनाउनेसहितका काम भइरहेको छ ।

चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको रंगशालाको खेल मैदानमा दर्शक बस्ने तीन तहको प्याराफिट र भीआईपी टावर तथा खेलाडीहरू बस्ने टावर निर्माण गरिने शाहले बताए ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro