site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दाङमा गाडी दुर्घटना हुँदा दुईको मृत्यु

घोराही । दाङमा गाडी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका–९ च्याउखोला बक्सकटिङनजिकै आज बिहान लु१ज ४२९८ नम्बरको विंगर गाडी दुर्घटनामा परेको हो । मृत्यु हुनुेमा शिवराज नगरपालिका–३ की ४२ वर्षीया प्रिथी थारू र सोही ठाउँकी ६० वर्षीया फुलसी थारू रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ईश्वर थापाले जानकारी दिए । 

कपिलवस्तुको चद्रौटाबाट बर्दियातर्फ जाँदै गरेको गाडी आज बिहान दुर्घटनामा परेको थियो । प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुर्घटनामा घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीका अनुसार गाडीमा १४ जना सवार रहेका थिए । तीव्र गतिका कारण गाडी दुर्घटनामा परेको हुनसक्ने प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए । रासस 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  ११:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro