site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, ग्राहकलाई बोनस

काठमाडौं । एनसेलले एक विशेष साप्ताहिक फ्ल्यास सेल्स अफर सञ्चालनमा ल्याएको छ । यस योजनाले प्याक लिएर अफरमा सहभागी हुने प्रत्येक ग्राहकलाई प्रत्येक शनिबार डेटा वा भ्वाइस टक टाइम बोनस प्रदान गर्छ । शनिबारका दिनमात्र उपलब्ध हुने यस अफरले ग्राहकलाई बिना कुनै अतिरिक्त शुल्क थप सेवा प्रदान गर्दछ ।

मंसिर २२ बाट सञ्चालनमा आएको यो अफर पुस १३ सम्म लागु रहनेछ । यस अवधिको हरेक शनिबार ग्राहकहरूले सधैँ अनका निश्चित प्याक र अनलिमिटेड डेटा प्याकहरूको खरिदमा बोनस डेटा वा भ्वाइस टक टाइमको फाइदा लिन सक्छन् । प्याकको आधारमा, ग्राहकहरूले १ जीबीदेखि १० जीबी डेटा वा १० देखि १०० मिनेटसम्मको अननेट टक टाइम बोनसको रूपमा प्राप्त गर्दछन् ।

NCELL-1734250750.png
यस अफरको फाइदा लिन ग्राहकहरूले आफ्नो डिभाइसमा एनसेल एप रहेको हुनु पर्दछ । यदि एप नभएको खण्डमा डाउनलोड गरी ग्राहकले आफ्नो एनसेल नम्बर प्रयोग गरेर लग इन वा साइन अप गर्नुपर्छ ।

प्रत्येक शनिबार ग्राहकहरूले एनसेल एपको फ्ल्यास सेल्स सेक्सनमा गई सधैँ अन वा अनलिमिटेड डेटा प्याकहरू खरिद गर्न सक्छन् र खरिदपछि तत्काल बोनस डेटा वा टक टाइम प्राप्त गर्न सक्छन् । यो अफर सधैँ अनका रु ३९९ देखि रु ९९९ सम्मका प्याकहरू र रु ५०, रु १२५ र रु ९९९ का अनलिमिटेड डेटा प्याकहरूमा उपलब्ध रहेको छन् ।

प्याक सुचारु भएसँगै ग्राहकले बोनस डेटा र टक टाइम प्राप्त गर्दछन् । उदाहरणका लागि रु ३९९ को सधैँ अन खरिद गर्ने ग्राहकले प्याकमा पाइने (८ जीबी डेटा, ३९९ मिनेट टक टाइम र ३९ वटा एसएमएस) सेवा बाहेक थप १ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।

त्यस्तैगरी, अनलिमिटेड डेटा प्याक खरिद गर्ने ग्राहकले पनि बोनस टक टाइम प्राप्त गर्दछन् । जस्तै, तीन दिनको समयसीमा रहेको रु १२५ पर्ने अनलिमिटेड डेटा प्याकको खरिदमा ग्राहकले २० मिनेट अननेट टक टाइम बोनस प्राप्त गर्दछन् ।

यस अफरले बिना कुनै अतिरिक्त शुल्क थप सेवा बोनसका रूपमा प्रदान गर्ने र ग्राहकलाई डिजिटल बन्न सहयोग गर्ने भएकाले यसले विशेष महत्त्व राख्ने एनसेलले जनाएको छ । सधैँ अन प्याक खरिद गर्ने ग्राहकले एनसेल एपको माध्यमबाट आफ्नो बाँकी डेटालाई भ्वाइसमा वा बाँकी भ्वाइसलाई डेटासँग साट्न सक्ने विशेष सुविधा पनि प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro