site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपतिविरुद्ध महाभियोग नलाग्ने 

सियोल । दक्षिण कोरियाली कार्यवाहक राष्ट्रपति हान डक सोविरुद्ध तत्कालका लागि महाभियोग नलाग्ने भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता तथा डेमोक्र्याटिक पार्टीका ली जे–म्युङले सोविरुद्ध तत्कालका लागि महाभियोग लगाउने कुनै सोच नभएको बताए । 

आइतबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो पार्टीले देशको कार्यवाहक राष्ट्रपति हान डकविरुद्ध महाभियोग नलगाउने बताएका हुन् । लीले शनिबार फोनमार्फत् दिएको जानकारीमा राज्य मामिलालाई तटस्थ रूपमा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए । 

राष्ट्रपति युन सुक योललाई शनिबार राष्ट्रिय सभाले महाभियोग लगाउने पक्षमा मतदान गरेपछि उनलाई राष्ट्रपतिको जिम्मेवारीबाट निलम्बित गरिएको छ । 

राष्ट्रपतिविरूद्धको महाभियोग प्रस्ताव संसदबाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौँको संख्यामा र्‍याली ली निकालिएको थियो । मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागू गर्ने असफल प्रयासका लागि माफी नमागेको बताए । 

कूल ३०० संसद् सदस्य रहेको कोरियाली संसद्मा २०४ सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरेका छन् भने ८५ जनाले विपक्षमा मतदान गरेका छन् । 

मतदानमा तीन सांसद अनुपस्थित रहेका र आठ मत बदर भएको छ । रासस

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १४:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro