site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
साढे तीन हजारलाई बेपत्ता पारिएको घटनामा शेख हसिना नै संलग्न रहेको आरोप
फाइल तस्बिर : एजेन्सी ।

काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई देशमा जबरजस्ती बेपत्ता पारेको आरोप लागेको छ । अन्तरिम सरकारको छानबिन आयोगले एक प्रतिवेदनमा पूर्वप्रधानमन्त्री हसिना बलपूर्वक बेपत्ताका घटनामा संलग्न रहेको निष्कर्ष निकालेको हो ।

झन्डै तीनहजार ५०० बेपत्ता पारिएका घटनामा हसिनाको संलग्नता रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ । हसिनाबाहेक उनका रक्षा सल्लाहकार तारिक अहमद सिद्दिक, दूरसञ्चारका पूर्वनिर्देशक जियाउल अहसानसहित दर्जनौँ प्रहरी अधिकारी घटनामा संलग्न रहेको प्रतिवेदनमा दाबी गरिएको छ ।

पाँच सदस्यीय छानबिन आयोगले तयार पारेको प्रतिवेदनलाई ‘अनफोल्डिङ द ट्रुथ’ नाम दिइएको छ ।

 

छानबिन आयोगले हसिना सरकारले र्‍यापिड एक्सन बटालियन (र्‍याब) प्रयोग गरेर जनतालाई यातना दिएको जनाएको छ । हसिनामाथि र्‍याब र अन्य एजेन्सीहरूलाई संगठित रूपमा मानिसहरूलाई जबरजस्ती अपहरण गरी हिरासतमा राख्न प्रयोग गरेको आरोप छ ।

आयोगले प्रतिवेदनमा र्‍याब खारेज गर्न र सन् २००९ को आतंकवाद विरोधी ऐन खारेज वा ठूलो संशोधन गर्न सुझाव दिएको छ ।

आयोगका सदस्य तथा मानव अधिकार अभियन्ता सज्जाद हुसेनका अनुसार, समितिले जबरजस्ती बेपत्ताका एकहजार ६७६ उजुरी रेकर्ड गरेका थिए । तीमध्ये ७५८ जनाको परीक्षण भएको छ । जसमध्ये करिब २०० जना कहिल्यै फर्किएका छैनन् ।

इन्डियन एक्स्प्रेसबाट ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro