site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
युक्रेनमा रुसको भीषण आक्रमण, एकैदिन प्रहार गर्‍यो ९३ मिसाइल र २०० ड्रोन

काठमाडौं । रुसले युक्रेनमा दर्जनौँ मिसाइल आक्रमण गरेको छ । रुसले शुक्रबारमात्र युक्रेनमा ९३ वटा मिसाइल र २०० ड्रोन प्रहार गरेको हो ।

युक्रेनको पावर ग्रिड र ग्यास पूर्वाधारलाई लक्षित गरेर रुसले आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणपछि युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध कारबाही गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । उनले शुक्रबारको आक्रमणलाई युक्रेनको ऊर्जा क्षेत्रमा रुसले तीन वर्षमा गरेको सबैभन्दा ठूलो हमला भएको बताएको समाचार एजेन्सी एपीले जनाएको छ ।

युक्रेनी वायुसेनाका अनुसार, रुसले आक्रमणमा धेरै क्रुज मिसाइल र ब्यालिस्टिक किन्जेल मिसाइल प्रयोग गरेको थियो ।

किभस्थित अमेरिकी दूतावासका अनुसार, पछिल्लो आक्रमणमा युक्रेनको धेरै यातायात सञ्जालमा क्षति पुगेको छ । त्यसमध्ये निजी ऊर्जा कम्पनीको थर्मल पावर प्लान्टमा नराम्ररी क्षति पुगेको छ ।

राष्ट्रपति जेलेन्स्कीले युक्रेनको सेनाले रुसले हावामा प्रहार गरेका ८१ वटा मिसाइललाई नष्ट गरेको बताएका छन् । जसमा ११ क्रुज मिसाइल छन् । जेलेन्स्कीले रुसी मिसाइललाई अमेरिकी एफ–१६ लडाकु विमानले रोकेर नष्ट गरेको बताएका छन् ।

दी इकोनोमिक टाइम्सबाट ।

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ०७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro