site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकी विदेशमन्त्री भन्छन्– सिरियामा आईएस उन्मूलनको प्रयास अनिवार्य 
फाइल तस्बिर ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सिरियामा बसर अल असदको पतनपछि इस्लामिक स्टेट (आईएस)को पुनरुत्थानविरुद्ध काम गर्नु ‘अत्यावश्यक’ भएको बताएका छन् । उनले टर्कीका अधिकारीसँगको कुराकानीमा यस्तो बताएका हुन् । 
 
बसर अल असदको सरकार ढलेपछि सिरिया संकटबारे छलफल गर्न दोस्रो चरणको भ्रमणको क्रममा टर्किका विदेशमन्त्री हाकान फिदानसँग अंकारामा भएको भेटवार्तापछि उनले यस्तो टिप्पणी गरेका हुन् । 

ब्लिन्केनले संयुक्त पत्रकार सम्मेलनमा भने, “हाम्रो देशले धेरै मिहिनेत गरेको छ, आईएसआईएसको क्षेत्रीय खलिफाको उन्मूलन सुनिश्चित गर्न धेरै वर्ष प्रयास गरेको छ र ती प्रयास जारी राख्न अनिवार्य छ । 

जवाफमा फिदानले सिरियामा जतिसक्दो चाँडो स्थिरता सुनिश्चित गर्न र जिहादीहरूलाई त्यहाँ आफ्नो पकड जमाउनबाट रोक्न प्रतिबद्ध रहेको बताए । 

“हाम्रो प्राथमिकता सिरियामा जतिसक्दो चाँडो स्थिरता सुनिश्चित गर्ने, आतंकवादलाई बलियो हुनबाट रोक्ने र आईएसआईएस र पीकेकेलाई त्यहाँ प्रभुत्व जमाउनबाट रोक्ने हो,” उनले भने । 

ब्लिन्केनले टर्कीका विदेशमन्त्रीसँग एक घण्टाभन्दा बढी समय भेटवार्ता गरेपछि राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग पनि भेटवार्ता गरेको अमेरिकी अधिकारीले बताएका छन् ।

भेटमा एर्दोगानले ब्लिन्केनलाई सिरियामा आईएस जिहादीविरुद्धको लडाइँमा कहिल्यै पनि सहज नहुने, तर  चरमपन्थीलाई नियन्त्रण गर्न आफूले महत्त्वपूर्ण भूमिका खेलेको बताए । 

एर्दोगानले भने, “टर्कीले आईएसआईएसविरुद्धको लडाइँमा कुनै कमजोरी हुन दिने छैन ।’

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १८:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro