site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पत्रकार महासंघ हुम्लाको अध्यक्षमा रावत

सिमकोट । नेपाल पत्रकार महासंघ हुम्ला शाखामा राजन रावतको नेतृत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । रावत लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष भएका हुन् । 

वरिष्ठ उपाध्यक्षमा सुरेश परियार, उपाध्यक्ष समावेशीमा छपाल लामा, सचिवमा नन्द सिंह, सहसचिव खुल्लामा पदमराज हमाल, सहसचिव समावेशी भक्तराज ऐडी र कोषाध्यक्षमा मन्दिर सिंह सर्वसहमतिमा निर्वाचित भएको निर्वाचन समिति संयोजक राजबहादुर शाहीले जानकारी दिए ।  
  
यस्तै, आठजना जिल्ला कार्य समितिको सदस्यमा निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा नवराज महतारा, नृप हमाल र प्रदेश पार्षद् प्रतिनिधिमा मोतिलाल महतारा चयन भएका छन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १८:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro