site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
भारतको अस्पतालमा आगलागी, ६ जनाको मृत्यु
तस्बिर : पीटीआई ।

नयाँ दिल्ली । दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको प्रहरीले शुक्रबार जनाएको छ । आगलागीमा दुई दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।

आगो निभाउने उपकरणको अभाव र सुरक्षा नियमको नियमित बेवास्ताका कारण भारतमा भवनमा आगलागी हुनु सामान्य हो । दक्षिणी राज्य तमिलनाडुमा बिहीबार राति आगलागी भएको थियो । यसको कारणबारे अनुसन्धान भइरहेको छ ।

प्रेस ट्रस्ट अफ इन्डियाका अनुसार, दिन्डिगुल सहरको अस्पतालमा लिफ्टभित्र सबै ६ पीडित बेहोस अवस्थामा फेला परेका थिए । आगलागीमा करिब ३० जना घाइते भएका तर सबैको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ ।

टाइम्स अफ इन्डियाका अनुसार, आगलागी भुइँतलाको रिसेप्सन क्षेत्रबाट सुरु भएको थियो । र, द्रुत गतिमा अरू तलामा फैलिएको थियो ।

उत्तरी राज्य उत्तर प्रदेशको अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो । यसै वर्षको सुरुमा नयाँ दिल्लीको एउटा बाल अस्पतालमा यस्तै आगलागीमा ६ शिशुको मृत्यु भएको थियो ।

मे महिनामा गुजरात राज्यको एउटा मनोरञ्जन पार्कमा आगलागी हुँदा केही बालबालिकासहित कम्तीमा २७ जनाको मृत्यु भएको थियो । रासस/एएफपी

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १६:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro