site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन दिन्नौँ : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन नदिने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारणसभाको उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठूलो योगदान रहेको बताए ।

सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास गर्ने उनको भनाइ छ । उनले घरजग्गा कारोबारमा देखिएको शिथिलताको प्रभाव अरू क्षेत्रमा पनि देखिएकाले यसलाई गति दिन सरकारले आवश्यक वातावरण बनाउने बताए ।

अर्थमन्त्री पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई उद्योगसरह मान्यता दिन आफू सकारात्मक रहेको बताए । उनले यस विषयमा छलफलमा आउन व्यवसायीलाई आग्रह गरे ।

उनले अनुमतिप्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने ऐन कार्यान्वयनका लागि नियमावली बनाउन सरकारको ध्यान जाने पनि बताए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १५:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro