site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी जोशी अस्पताल भर्ना

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन्  ।

बिहीबार साँझबाट जोशीलाई अस्पताल भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

जोशीलाई गण्डकी मेडिकल कलेजमा भर्ना गरिएको छ । बिहीबार स्वास्थ्य परीक्षण गराउँदा जोशीलाई डाक्टरले अस्पताल भर्ना गर्नुपर्ने बताएपछि उनी भर्ना भएका हुन् । जोशी असोज ६ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

जोशीसहित पूर्वगृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  १३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro