site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम 
फाइल तस्बिर । 

काठमाडौं । काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । काठमाडौंमा आज बिहान ५ : ४५ बजे ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । 

“बिहान बिहान ५ : ४५ बजे ३.४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ,” मौसमविद् विनु महर्जनले बाह्रखरीसँग भनिन्, “यो तापक्रम यो वर्षका लागि हालसम्मको न्यून हो ।” 

बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस थियो । 

दिउँसो काठमाडौंको तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्नेछ ।

यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर मौसम आंशिक बदली रहेको छ । तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

विभागले राति देशभर मौसम मुख्यतया सफा रहने बताएको छ । 

बिहानको समयमा तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र कुहिरो लागेकाले दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवामा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागको आग्रह छ । 

 

प्रकाशित मिति: शुक्रबार, मंसिर २८, २०८१  ०६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro