site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महालक्ष्मी विकास बैंकले गर्‍यो 'डिजिटल भुक्तानी केन्द्र'

काठमाडौं । महालक्ष्मी विकास बैंकले काठमाडौंको दरबारमार्गस्थित आफ्नो शाखामा डिजिटल भुक्तानी केन्द्रको उद्घाटन गरेको छ । डिजिटल भुक्तानी केन्द्रबाट विभिन्न अनलाइन भुक्तानीसम्बन्धी सेवा प्रवाह गरिने बैंकले बताएको छ ।

शाखाबाट सुरक्षित र आधिकारिक इलेक्ट्रोनिक भुक्तानी प्लेटफर्मको प्रयोग गरी बैंकले सहज, सरल र झन्झटरहित तरिकाले भिसा शुल्क तथा विदेशमा अध्ययन गर्न चाहने विधार्थीको आवेदन तथा अध्ययन शुल्क भुक्तानी गर्ने बताएको छ । पीटीई,  स्याट,  यूएसएमएलई, जीआरई, एसीसीएजस्ता कोर्सको शुल्क तथा सेभिज शुल्कको भुक्तानी गरिदिने बैंकले जनाएको छ ।

यसअघि पनि महालक्ष्मी विकास बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल)सँगको सहकार्यमा नेपाल र भारतबीच अन्तरदेशीय कारोबार भुक्तानी सहजीकरणका सम्बन्धी सम्झौता गरेको बताएको छ ।

डिजिटल भुक्तानीका माध्यमको नवीनतम प्रयोगप्रति सधैँ प्रतिबद्ध रहेको र नेपालभर रहेको शाखा सञ्जाल तथा मर्चेन्ट नेटर्वकको माध्यमबाट अन्तरदेशीय क्यूआर भुक्तानीमा समेत अग्रणी सेवा प्रदायकको रूपमा स्थापित हुने विश्वास बैंकले व्यक्त गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १८:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro