site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । विद्युतीय कारोबार कसुरमा पक्राउ परेका प्रसाईंलाई बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको दाबी गर्दै विवादास्पद भिडियो सार्वजनिक गरेपछि उनी मंसिरमा ४ गते पक्राउ परेका थिए ।

साइबर अपराध मुद्दामा धरौटीमा छाड्न आदेश भए पनि उनी थुनामुक्त भने हुने छैनन् । उनीविरुद्ध अर्को पक्राउ पुर्जी पनि भएकाले धरौटी बुझाएर रिहा भएलगत्तै फेरि पक्राउ पर्नेछन् ।

उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आपराधिक लाभ कसुरमा संगठित मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro