site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
२२ खर्ब ५५ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिती, १५ महिनाको आयात धान्ने
फाइल तस्बिर ।

काठमाडौं । सरकारसँग हाल विदेशी मुद्रा सञ्चिती २२ खर्ब ५५ अर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चिती २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको हो ।

गत असार मसान्तमा यस्तो सञ्चिती २० खर्ब ४१ अर्ब १० करोड रहेको थियो ।

आर्थिक वर्ष २०८१/८२ को चार महिनाको आयातलाई आधार मान्दा यो विनिमय सञ्चितीले १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्ने देखिन्छ ।

विदेशी विनिमय सञ्चितीको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ३९.५ प्रतिशत, १२६ प्रतिशत र ३१.४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १७:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro