site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
मानव बेचबिखनमा वृद्धि : राष्ट्रसंघ

भियना । संयुक्त राष्ट्रसंघ एजेन्सीले सन् २०१९ को तुलनामा सन् २०२२ मा विश्वव्यापी रूपमा मानव बेचबिखनबाट पीडित हुनेहरूको संख्या २५ प्रतिशतले वृद्धि भएको प्रक्षेपण गरेको छ ।

संयुक्त राष्ट्र संघ लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) द्वारा प्रकाशित मानव बेचबिखनसम्बन्धी सन् २०२४ ग्लोबल रिपोर्टले गरिबी, द्वन्द्व र जलवायु प्रकोप जस्ता कारकहरूलाई श्रेय दिएको छ, जसले शोषणको जोखिमलाई बढाएको छ ।

विश्वव्यापी रूपमा जबरजस्ती श्रमको लागि बेचबिखन गरिएका पीडितहरूको संख्या सन् २०१९ को तुलनामा सन् २०२२ मा ४७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो । प्रतिवेदनका अनुसार बाल पीडितको संख्या ३१ प्रतिशतले बढेको छ भने बेचबिखनमा परेका बालिकाको संख्या ३८ प्रतिशतले बढेको छ ।

१५६ देशको तथ्यांकको विश्लेषण गरेको प्रतिवेदनले सन् २०२२ मा विश्वव्यापी रूपमा बेचबिखनमा परेकामध्ये ६१ प्रतिशत महिला तथा बालिका रहेको खुलासा गरेको छ । ६० प्रतिशत पीडित यौन शोषणका लागि बेचबिखन भएका थिए ।

यूएनओडीसीका कार्यकारी निर्देशक घडा वलीले फौजदारी न्यायका उपायहरूलाई बलियो बनाउन, पीडितहरूलाई उद्धार गर्न, सीमापार सहयोग अभिवृद्धि गर्न र बचेकाहरूलाई सहयोग बढाउन आह्वान गरे । रासस/सिन्ह्वा

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  २१:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro