site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपालमा रहेका विदेशी कैदीबन्दीमा भारतीयको हिस्सा ९६ प्रतिशत, कुलमा ४.८९ प्रतिशत

काठमाडौं । नेपालको जेलमा रहेका विदेशी कैदीबन्दीमा सबैभन्दा ठूलो संख्या भारतीयको रहेको छ । दोस्रो ठूलो संख्या भुटानीको छ । 

गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागको तथ्यांकअनुसार ०८१ कात्तिक मसान्तसम्म नेपाली जेलमा कुल २९ हजार ४९१ कैदीबन्दी रहेका छन् । कुल कैदीबन्दीमा २७ हजार ८६० जना पुरुष र एक हजार ६३१ जना महिला छन् । नेपालमा रहेका कुल कैदीबन्दीमध्ये एक हजार ४९२ जना विदेशी रहेका छन् । यो भनेको कुल कैदीबन्दीको ५.०५ प्रतिशत हो । 

नेपालमा रहेका कुल कैदीबन्दीमा एक हजार ४४३ जना भारतीय रहेका छन् । नेपालमा रहेका कुल कैदीबन्दीमा भारतीय मात्र ४.८९ प्रतिशत छन् । कुल विदेशी कैदीबन्दीमा भारतीयको हिस्सा ९६.७१ प्रतिशत रहेको विभागको तथ्यांकले देखाउँछ ।

नेपालका जेलमा ३२ जना भुटानी कैदीबन्दीका रूपमा छन् । भारतीय र भुटानीको अलवा नेपालका जेलमा पाकिस्तानी, बोलिभियन, म्यानमारी, चिनियाँ, जाम्बियन, क्यानेडियन, इटालियन, प्रेन्च र बंगलादेशी नागरिक पनि कैदीबन्दीका रूपमा छन् । 

नेपालमा रहेका कैदीबन्दीमा १७ हजार ८८८ जना कैदी र ११ हजार ६०३ जना थुनुवा छन् । 

विभागका अनुसार कुल कैदीमा १६ हजार ९४५ जना पुरुष र ९४३ जना महिला छन् । कुल थुनुवामा पुरुषको संख्या १० हजार ९१५ र महिलाको संख्या ६८८ जना रहेको छ । 

नेपालको जेलमा ६५ वर्षभन्दा माथिका कैदीबन्दीको संख्या ६०१ रहेको छ । आश्रित बालबालिका ८२ जना छन् । यस्तै, सुधारगृहमा एक हजार ३७२ जना बालबालिका रहेका छन् । 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  १५:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro