site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
समस्या समाधान भएसँगै सुरु भयो पासपोर्टको सेवा

काठमाडौं । राहदानी विभागले सबैजसो ठाउँमा सेवा सञ्चालनमा आएको बताएको छ । मालवेयर देखा परेर मसिंर ६ र ७ गते बन्द भएको सेवा सबैजसो स्थानमा पुनः सञ्चालनमा आएको विभागले जनाएको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गतको विभागले सोमबार एक विज्ञप्ति जारी गर्दै जिल्ला/इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नियोगहरूमा सेवा सुचारु भएको बताएको हो ।

बाँकी रहेका केही ठाउँमा एक–दुई दिनमै सेवा सुरु हुने विभागले जनाएको छ ।

“केही समय अवरुद्ध भई पुनः सुचारु भएको सेवा लिन एकैपटक सेवाग्राही गई सेवा प्रवाहमा अत्यधिक चाप पर्न सक्ने देखिएकाले अत्यावश्यक परेको अवस्थामा बाहेक अन्य सेवाग्राहीहरूले धैर्य धारण गरी सेवाहरू पूर्णरूपमा सामान्य भएपछि राहदानी सेवाका लागि जान,” विभागले विज्ञप्तिमार्फत भनेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१  १७:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro